अवैध घरेलु बन्दुक बरामद

बाजुरा- जिल्लाको गौमुल गाउँपालिका–१ मा रहेको सुर्याेदय सामुदायिक वनमा लुकाएर राखिएको घरेलु अवैध बन्दुक प्रहरीले शनिबार विहान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीका अनुसार अवैध घरेलु बन्दुक उक्त वनमा लुकाएर राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको टोलीले बरामद गरी प्रहरी कार्यालय बाजुरामा ल्याएको बताएका छन् ।
लुकाई छिपाई बेवारिसे अवस्थामा एक नाले बन्दुक फेला पारेकोले थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button