बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।

गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई जानकारी दिए ।

चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए । खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा फरार भएका थिए । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button