आगलागी हुँदा दुई लाख बढीको क्षति

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा आगलागी भएको छ ।
शनिबार विहान सोही गाउँपालिका–१ बमझाडाका स्थानीय जयधन कामीको घरमा खाना पकाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । खाना पकाउने क्रममा आगलागी हुँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
कामीको घरमा आगलागीपछि प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण्मा लिइएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button