बडीमालिका मेलाः स्वास्थ्य शिविरमा एक हजार बढी तीर्थयात्रीको स्वास्थ्य उपचार सेवा

बाजुरा- जिल्लाको पर्यटकीय तथा धार्मिक आस्थाको धरोहर बडीमालिका मेलामा त्रिवेणी नगरपालिकाले तीर्थयात्रीहरुका लागि संचालन गरेको स्वास्थ्य सेवा उपचारमा पाँच सय बढीलाई सेवा दिइएको छ ।
नगरपालिकाले भदौं ५ गतेबाट त्रिवेणी र बडीमालिका र नाटेश्वरीमा एक हजार एक सय ६९ जना तीर्थयात्रीहरुलाई उपचार सेवा दिइएको स्वास्थ्यकर्मी तिलक न्यौपानेले जानकारी दिएका छन् ।


उनले दिएको जानकारी अनुसार बडीमालिका मेलाको दर्शनका लागि आएका भक्तजनहरुलाई प्राथमिक उपचार सहितको सेवा प्रदान गरिएको बताए ।
बडीमालिका मेला अवधीभर बडीमालिका मन्दिर क्षेत्रमा ७१ जना पुरुष र १७८ जना महिला गरी २४९ तीर्थयात्रीलाई प्राथमिक उपचार सेवा दिइएको न्यौपानेले बताएका छन् ।
यस्तै त्रिवेणी नगरपालिका ७ मा रहेको नाटेश्वरीमा ९४ जना महिला, २९८ जना पुरुष गरी ३९२ जना र त्रिवेणीको पञ्चपुरीमा ११५ महिला र ४३३ पुरुष गरी ५४८ जनाको स्वास्थ्य उपचार सेवा दिइएको न्यौपानलेको भनाई रहेको छ ।


त्रिवेणीको पञ्चेवरी,बडीमालिका र नाटेश्वरीमा संचालन गरिएको स्वास्थ्य शिविरबाट २७६ जना महिला र ८९३ जना पुरुष गरी एक हजार १६९ जनाको ज्वरो, रुघाखोकी लगायतका प्राथमिक उपचार गरिएको न्यौपान बताउँछन् ।
लेक लागेका रोशन बहादुर दानीलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल बाजुरामा रिफर गरेर थप उपचार अस्पतालमा भइरहेको छ । दानीको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मी न्यौपानले बताउँछन् । शिविर सञ्चालन मिति २०८३ भाद्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको थियो ।


नगरपालिकाले औषधी सहित बडीमालिका मेलामा आउने भक्तजनहरु विरामी भएमा सहज रुपमा स्वास्थ्य उपचार गर्ने गरी स्वास्थ्य शिविर संचालन गरिएको हो ।
नगरपालिकाले बडीमालिका तीर्थयात्रामा आएका कतिपय भक्तजनहरुले उपचार नपाएर समस्या भोग्दै आएकाले सो समस्या समाधान र तीर्थयात्रीलाई शिविरबाट स्वास्थ्य सेवा दिने गरी शिविर संचालन कार्य गरिएको हो ।
बडीमालिका मेलाको अवसरमा इश्वरीबक्स गुल्म बाजुरा, बडीमालिका नगरपालिका स्वास्थ्य शाखाले पनि शिविर संचालन गरेको थियो । बडीमालिकामा आएका तीर्थयात्रीहरु विरामी भएमा उनीको प्राथमिक उपचार सहित जटिल समस्या भएकालाई उद्धार गर्ने गरी शिविर संचालन भएका हुन् ।


बडीमालिकाको मेलाको मुल पुजा भदौं ११ गते साउन शुक्लपक्ष चतुर्दशीका दिन लागेको हो । भदौ १ गतेबाट आउने तीर्थयात्रीहरुको सहजताका लागि पुजा सुरु गरिएको थियो । यो वर्ष बडीमालिकामा गतवर्षको भन्दा दुई गुणाले बडीमालिकाको तीर्थयात्रीहरुले दर्शन गरेको आँकलन गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button