गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने

कञ्चनपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारत प्रवेश गरेका छन् ।
पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए ।
धनगढी विमानस्थलबाट उनी कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका थिए । त्यहाँबाट उनी भारततर्फ लागेका हुन् ।
भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।



