सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं- सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।

महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३१५ रुपैयाँ रहेकोमा ३५ रुपैयाँ बढेसँगै ४ हजार ३५० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ ४ हजार ४४५ रुपैयाँ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button