सुनकाे मूल्य बढ्यो

काठमाडौं- बुधबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । गत बुधबार सुनको भाउ २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।

यसअघि सुनको भाउ माघ १५ गते नेपाली बजारमा हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button