गैडाकाेट कालीगण्डकी चाेकमा नमस्ते रामपुर यातायातको टिकट काउन्टर स्थापना

रामपुर, पाल्पा- नमस्ते रामपुर यातायात प्रालिले नवलपुरकाे गैडाकाेटमा टिकट काउन्टर स्थापना गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच गैडाकाेट कालीगण्डकी चाेककाे विपरीत सडकमा टिकट काउन्टरकाे शुभारम्भ भएको छ ।
नमस्ते रामपुर यातायात प्रालिका अध्यक्ष राजन पोखरेलको अध्यक्षतामा टिकट बुकिङ काउन्टरको उद्घाटन गरी संचालनमा ल्याइएको छ ।
रामपुर यातायात प्रालि रामपुर पाल्पा र मौलाकालिका यातायात प्रालि नारायणगढ चितवनको संयुक्त सहकार्यमा काउन्टरकाे उद्घाटन गरिएको हाे ।
रामपुर, काठमाडाैं लगायतका विभिन्न स्थानमा आवतजावत गर्ने यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै टिकट काउन्टर स्थापना गरिएको नमस्ते रामपुर यातायात प्रालिका व्यवस्थापक भेषराज पाेखरेलले जानकारी दिए ।
कार्यक्रममा नमस्ते रामपुर यातायात प्रालि र मौलाकालिका यातायात प्रालि नारायणगढका पदाधिकारी, सदस्य लगायत सर्वसाधारणकाे उपस्थिति रहेको थियोे ।
नमस्ते रामपुर यातायात प्रालिले रामपुर, काठमाडौं, तानसेन, बुटवल, पाेखरा, नारायणगढ, कावासाेति लगायतका विभिन्न स्थानमा यात्रुलाई सेवा सेवा दिदै आएकाे छ ।



