बडीमालिकामा सरकारी पुजा टोली प्रथान

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको पुजाका लागि मार्तडीबाट सरकारी टोली प्रस्थान गरेको छ ।
सोमबार विहान बाजागाजा सहित सरकारी टोलीको औपचारिक रुपमा विदाई गरिएको छ ।
हरेक वर्ष चतुर्दशी शुक्ल पूर्णिमाको अघिल्लो दिन लाग्ने बडीमालिका मेलाको पुजाका लागि सरकारी टोलीको प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताएका छन् ।
बडीमालिकामा लाग्ने पुजाका लागि पेटारो सहितको सरकारी टोली उक्त क्षेत्रमा गएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको बडीमालिकामा हरेक वर्ष पुजा लाग्ने र सो पुजाका लागि जिल्लाबाट पनि विगतका वर्षझै सरकारी पुजा टोली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी लक्ष्मण पुडासैनीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सरकारी पुजाको लागि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा सहितको टोलीको विदाई गरिएको बार्जु खबरलाई बताए ।
बडीमालिका मेला व्यवस्थापनका लागि नगर प्रमुख सहितको सरकारी टोली र प्रहरी प्रमुख समेत सहभागी भएकाले तीर्थयात्रीहरुलाई व्यवस्थापन र सहजीकरणमा सहज हुने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
बडीमालिकामा भदौं ११ गते अर्थात चतुर्दशी शुक्ल पक्षको अघिल्लो दिन लाग्ने सरकारी पुजा बाहेकको भदौ १ गतेबाट बडीमालिकामा पुजा सुरु भएको प्रजिअ निरौलाको भनाई रहेको छ ।
बडीमालिकाको दर्शनका लागि जाने तीर्थयात्रीहरु गत वर्षको भन्दा दोब्बर वृद्धि हुने अनुमान रहेको प्रजिअ निरौलाको जिकिर गरेका छन् ।
गत वर्ष भन्दा दोब्बर तीर्थयात्रीले बडीमालिकाको दर्शन, त्रिवेणी क्षेत्रको अवलोकन गर्ने अनुमान रहेको छ ।
आज गएको सरकारी टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने छ । धार्मिक परम्परा र संस्कार अनुसार सरकारी टोलीले बस्ने बासस्थान भएको ठाउँमा अनिवार्य बास बस्नुपर्ने भएकाले तीनदिनपछि मात्र सरकारी टोली बडीमालिका पुग्ने गरेको छ ।
जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेका बडीमालिका, बुढीनन्दा सहित जिल्लाका दर्जन बढी धार्मिक शक्तिपीठहरुमा हरेक वर्ष मुख्य पूजा शुक्ल चतुर्दर्शीका दिन लाग्ने गरेको छ ।
बडीमालिका गएका तीर्थयात्रीहरुले मागेको वर पाइने र आफ्नो मनोकांक्षा पुरा हुने विश्वासका साथ धार्मीक शक्ति केन्द्रमा भक्तजनहरुले पूजापाठ गर्ने गरेका छन् ।
जिल्लाको बुढीनन्दा नगरपालिकामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल बुढीनन्दा करिब चार हजार ८८८ मिटर उचाइमा अवस्थित छ ।
यस्तै सत्य युगमा भगवान शिवले सतीदेवीको शरिरलाई संसार भर घुमाउने क्रममा पर्वत श्रृखलामा शरिरका अंगहरु खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मीक विश्वासका आधारमा बडीमालिकामा पूजापाठ गर्ने गरिएको मान्यता रहेको बडीमालिकाका पुजारी नेत्र पाध्यायले बताए ।
बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। धार्मिक पूजाआरधानाका साथै सोही स्थानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन् ।बडीमालिकाको दर्शनपछि मनोकांक्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको पुजारी नेत्रप्रसाद पाध्यायले बताएका छन् । बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।
बडीमालिका पूजाका लागि डोटी, जुम्ला र कालिकोट, सुदूरपश्चिम प्रदेशको सरकारको सरकारी टोली सहित कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोली समेत यस अघि नै प्रस्थान गरिसकेको छ । यस्तै बडीमालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्री सहित सरकारी टोली पठाएको छ ।
बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले मुख्य पूजा यहीँ भदौ ११ गते लाग्दै छ । भने भक्तजनहरुको चाप बढ्न थालेपछि एकैदिन पूजा गर्न नसकिने भन्दै भदौ १ गतेबाट नै पूजा प्रारम्भ गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताए ।
बडीमालिका माताको दर्शनका लागि दर्शनार्थीहरुको संख्या विगतका वर्षभन्दा यस वर्ष झन् बढ्ने अनुमान गरिएको नगर प्रमुख खड्काको भनाई छ । ‘बडीमालिका मन्दिर’ चार हजार २ सय मिटर उचाइमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button