बडीमालिका मेला : सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट नौ सयलाई उपचार सेवा

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्र आस्थाको धरोहरका रुपमा रहेको भदौ १ देखि ११ गतेसम्म लागेको बडीमालिका पुजाको अवसरमा सशस्त्र प्रहरी बल फिल्ड अस्पताल अत्तरियाले संचालन गरेको स्वास्थ्य शिविरबाट ९०५ जना तीर्थयात्रीहरुको उपचार गरिएको छ ।
प्राविधिक सशस्त्र प्रहरी निरिक्षक डाक्टर चेत बहादुर धामीको नेतृत्वको टोलीले बडीमालिका मन्दिर परिसर र नाटेश्वरीमा संचालन गरिएको स्वास्थ्य शिविरमा उक्त तीर्थयात्रीहरुलाई प्राथमिक उपचार सहितको सेवा दिइएको हो ।
बडीमालिका मेलाको पुजा अवधीभर भदौ ८ गतेदेखि १२ गतेसम्म संचालन गरिएको स्वास्थ्य शिविरमा ४१५ जना महिला र ४९० जना पुरुष गरी ९०५ जना तीर्थयात्रीहरुलाई स्वास्थ्य उपचार सेवा दिइएको सशस्त्र प्रहरी निरीक्षक डाक्टर चेतबहादुर धामीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार शिविरमा आएका तीर्थयात्री विरामीहरुलाई ज्वरो,रुघाखोकी लगायतको उपचार सेवासंगै विरामीलाई औषधी समेत वितरण गरिएको बताए ।
सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर मुख्यालय वैद्यनाथ बाहिनीकाे आयाेजनामा सशस्त्र प्रहरी बल गुल्म बाजुरासंगको समन्वय र सशस्त्र प्रहरी फिल्ड अस्पताल अत्तरियाको प्राविधिक सहयोगमा बडीमालिका क्षेत्रमा शिविर संचालन गरिएको सशस्त्र प्रहरी बल आश्रित बाजुराका सशस्त्र प्रहरी नायव उपरिक्षक मोहन केसीले बताएका छन् ।
मेलामा आउने भक्तजनहरु लेक लाग्ने, अक्सिजनको अभाव हुने, मौसम बदलीका कारण हुने रुघाखोकी,ज्वरो आउने भएकाले शिविरबाट प्राथमिक उपचार सहित जटिल अवस्थाका विरामीलाई उद्धार सहित रिफर गर्ने गरी शिविर संचालन गरिएको टोलीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक धामीको भनाई रहेको छ ।
मेलामा आएका विरामीहरुलाई मेला अवधीभर सेवा प्रवाह गरिएको हो । समुन्द्री सहतको चार हजार २०० मिटरको उचाईमा रहेको बडीमालिकामा गतवर्षको भन्दा दोब्बर तीर्थयात्रीहरुले माताको दर्शन गरेको आँकलन गरिएको छ ।
गतवर्ष करिव ४५ हजारले बडीमालिका माताको दर्शन गरेको आँकलन गरिएको थियो । यो वर्ष भक्तजनहरुको सहजताका लागि भदौ १ गतेबाट नै बडीमालिकामा पुजा सुरु गरिएको हो । भदौ ११ गते भने सरकारी पुजा सहित मुल पुजा गरिएको थियो ।

त्रिवेणी नगरपालिकाको स्वास्थ्य शाखाले पनि बडीमालिका लगातका क्षेत्रमा संचालन गरेको स्वास्थ्य शिविरबाट एक हजार १६९ जना तीर्थयात्रीहरुको उपचार गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button