पहिरोले तीन छाना पूर्ण क्षति

बाजुरा- शनिबार राति आएको अविरल वर्षासंगै पहिरोले पुरेर तीन वटा छाना पूर्ण रुपमा क्षति पुर्याएको छ ।
बडीमालिका नगरपालिका–८ गडखेतमा रहेका मोती उखेडा सहित तीन जनाको छाना पूर्ण रुपमा क्षति भएको वडा नम्बर ९ का वडा अध्यक्ष सूर्य किरण वि.क.ले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार छाना माथिबाट आएको पहिराले मोती उखेडा, धन वि.क. र तुल ल्वारको छानो पूर्ण रुपमा क्षति भएको बताए ।
मौसमी रुपमा बस्ने गाईभैसी राख्न बनाइएका छाना पहिराले पुरिएपछि समस्या भएको छ । उखेडाको एक हल गोरु समेत मरेको प्रहरीले जनाएको छ ।
तीनै जना बजारमा आफ्नै घरमा बस्दै आएका छन् ।


