बडीमालिका कपमा सेमी फाइनलका खेल सकिए, फाइनलमा त्रिवेणी र जाल्पा मावि भोलि भिड्ने

बाजुरा- शनिबारबाट सुरु भएको प्रथम बडीमालिका कप अन्तर्गत क्वाटर फाइनल र सेमी फाइनलका खेल सोमबार सकिएका छन् ।
आज भएका चार खेलमा भएका थिए । पहिलो खेलमा आयोजक र जाल्पा मावि बीच भएको हो । भने दोस्रो खेल त्रिवेणी नगवरपालिका र जिल्ला प्रहरी कार्यालय बाजुरा बीच भएको बडीमालिका नेचर प्रा.लि. बाजुराले जनाएको छ ।
प्रा.लि.का अध्यक्ष कृष्ण ओलीका अनुसार आज भएका क्वाटर फाइनलपछि सेमी फाइनलमा प्रवेश गरेका चार टिम मध्ये दुई टिम बाहिरएपछि फाइनका लागि जाल्पा मावि र त्रिवेणी नगरपालिका प्रवेश गरेको बताए ।
सेमी फाइनलमा प्रवेश गरेको आयोजकले जाल्पा माविसंग ३–१ ले पराजित भएको हो । भने जिल्ला प्रहरी कार्यालय बाजुराको टिम त्रिवेणी नगरपालिकासंग ३–१ का विरुद्ध पराजित भएको बडीमालिका नेचर प्रा.लि. बाजुराका अध्यक्ष ओलीले बताए ।

भोलि अर्थात मंगलबार दिउँसो साढे १२ बजे हुने फाइनल खेलमा त्रिवेणी नगरपालिका र जाल्पा मावि बीच हुने भएको छ । फाइनलमा विजयी हुने टिमले ट्रफी सहित एक ला ५५ हजार ५५५ नगद पुरस्कार पाउने छ । उप विजेतलाले प्रतियोगितामा प्रथम हुने टिमलाई ९९ हजार ९९९ रुपैयाँ पुरस्कारसहित मेडल प्रमाणपत्रका साथैं विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने गरिने आयोजकले जनाएको छ ।
बडीमालिका नेचर प्रालिले प्रकृति संरक्षण, पर्यटन प्रवद्र्धन र खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिता यहीँ कात्र्तिक १० समापन हुने भएको हो ।
‘प्रकृतिको सुरक्षा र संरक्षण, हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित आयोजित बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको प्रालिका कार्यकारी निर्देशक गणेश थापाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button