फरार प्रतिवादी बुढा पक्राउ

बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुराले चेक अनादर मुद्धामा फरा रहेका प्रतिवादी भोजराज बुढालाई पक्राउ गरेको छ ।
बडीमालिका नगरपालिका–८ बाउलीमा आफ्नै कोठामा बसेको बेला प्रहरीले पक्राउ गरेको हो ।
अछाम जिल्ला अदालतले चेक अनादरमा विस लाख ७० हजारको विगा तोकिएका अछामको पञ्चदेवल विनायक नगरपालिका–५ बस्ने ४० वर्षीय भोजराज बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
फैसलाको विगा तिर्न नसकेपछि दुई वर्ष कैद सजाय राखिएकाले लुकेर बसेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।


