पहिरोले कर्णाली करिडोर अवरुद्ध, सुरक्षित यात्रा गर्न प्रहरीको आग्रह

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली करिडोर सडक अवरुद्ध भएको छ ।
सोमबार दिउँसो करिडोर सडक माथिबाट वर्षाका कारण पहिरो आएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार जगन्नाथ गाउँपालिका–५ भुकाखोला स्थित सडक माथिबाट पहिरो आएकाले अवरुद्ध भएको बताए ।
पहिरोसंगै आएको ढुङ्गाले सुर्खेतबाट हुम्ला तर्फ जाँदै गरेको भे १ ख २८३१ नम्बरको बसको अगाडीको भागमा ढुङ्गा लागेर पुर्ण रुपमा क्षति भएको छ । बसमा रहेका चालक सहित सात जना सवार यात्रु भने सकुशल रहेको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीको भनाई रहेको छ ।
अवरुद्ध सडक संचालनको लागि तत्काल जिल्ला प्रहरी कार्यालय बाजुरा मातहत प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली घटनास्थलमा पुगी सम्बन्धीत निकाय र सरोकारवालाहरु संग समन्वय गरी सडक विभागको जेसिबी परिचालन गरी पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षाका कारण सडक माथिबाट पहिरो आउने क्रम नरोकिएकाले सडक संचालनमा कठिनाई भएको छ । पहिरो आइरहेको ठाउँ जोखिमपूर्ण भएकाले सो क्षेत्रमा आवतजावत गर्ने सवारी साधन तथा यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
अवरुद्ध भएको पहिरो नपन्छ्याउदासम्म धैर्यता गरी, सुरक्षा निकाय तथा सम्बन्धित निकायसंग समन्वय गरी मात्र यात्रा गर्न हुन नागरिकहरु प्रहरीले अपिल गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button