आवासीय बालबालिकालाई कपडा सहयोग

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीमा रहेको तोली देवल माध्यमिक विद्यालयले संचालन गर्दै आएको आवासीय विद्यालयमा बसोबास गरेर अध्ययन गर्ने २१ जना बालबालिकालाई एक व्यापारीले कपडा सहयोग गरेका छन् ।
सोही नगरपालिका–७ कैलाशमाण्डौं घर भई हाल बुढीगंगा नगरपालिका-६ बाम्कामा व्यापार व्यवसाय गर्दै आएका सुनिल एण्ड लोचन जनरल स्टोरका संचालक नर बहादुर अयडीले उक्त आवासीय विद्यालयका बस्दै आएका बालबालिकालाई विद्यालयका पोसाक सहयोग गरेको वडा नम्बर ४ का वडा अध्यक्ष गणेश साउँदले बार्जु खबरलाई जानकारी दिएका छन् ।
विद्यालय संचालन गरेको अनाथ,टुहुरा र विपन्न बालबालिकालाई निःशुल्क रुपमा पढाउँदै आएको छ ।
विद्यालयले संचालन गरेको आवासीय विद्यालयमा रहेका बालबालिकाको पालनपोषण सहितको जिम्मेवारी सहित उच्च शिक्षा हासिल गराउने गरी उनीहरुको व्यवस्थापन विद्यालयले गरी रहेको वडा अध्यक्ष साउँदले बताएका छन् ।
विद्यालयले जिल्लामा रहेका अनाथ तथा बेसहारा बालबालिकाहरुलाई विद्यालयमै राखेर उनीहरुको रेखदेख गर्ने गरी आवासी विद्यालय संचालन गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button