बदलिदो चुनौती समाना गर्न प्रहरीले सूचना प्रविधीको अवलम्बन गरौ : प्रजिअ रिजाल

बाजुरा- प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बदलिदो परिवेशको चुनौतीलाई सामाना गर्न सूचना प्रविधीको अधिकतम अबलम्बन गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको ७१ औं प्रहरी दिवस समारोहमा उनले अपराधका घटना बढ्दै गएकाले अपराध सहितका घटना अनुसन्धान गर्न र अन्य कार्यका लागि सूचना प्रविधी अवलम्बन गर्नुपर्ने बताए ।
उनले देशको सुरक्षा गर्ने उत्कृष्ट संगठन भएर ७१ औं बसन्त पार गर्दै ७२ औं वर्षमा प्रवेश गरेकोप्रति शुभकामना व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी रिजालले सिमित स्रोत साधनमा पनि दुरदराजमा रहेका नागरिकको समस्यामा हरपल खटिदै धारणा व्यक्त गरेका छन् ।
प्रजिअ निरौलाले प्रहरी संगठन विश्वको उत्कृष्ट संगन भएकाले यसलाई थप मजबुत बनाउदै लैजाने गरी काम गर्ने आग्रह गरेका छन् ।
सिमिति स्रोत साधन र जनशक्ति कम भ एको बेला प्रहरीले समुदायसंग समन्वय र सहकार्य गर्दै अपराधका गतिविधी नियन्त्रण गरी शान्ति सुरक्षा कायममा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कर्मचारीले मनोबल उच्च पार्दै शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सधैं एकतावद्ध भएर लाग्न निर्देशन दिएका छन् ।
नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह, सामुदायिक प्रहरी सेवा केन्द्र बाजुराका अध्यक्ष काल्चे दमाईले समेत मन्तव्य राखेका थिए ।
प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी सहित शहिद परिवारका आफन्त र सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षलाई सम्मान गरिएको छ ।
निमित्त प्रहरी नायव उपरिक्षक नरेश बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा इश्वरीबक्स गुल्मका गुल्मपति संजय तिमिल्सेना, शसस्त्र प्रहरी नायव उपरिक्षक मोहन बहादुर केसी, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह र सामुदायिक प्रहरी सेवा केन्द्र बाजुराका अध्यक्ष काल्चे दमाई अतिथी रहेका थिए ।
प्रहरी सहायक निरिक्षक अशाेक धामीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य प्रहरी निरिक्षक तथा इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख विक्रम साहले गरेका थिए । ७१ औं प्रहरी दिवस समारोहमा पत्रकार सहित सरोकारवालाहरु सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button