सुदूरपश्चिम प्रदेश बजेटमा एमाले बाजुराको असन्तुष्टी, विकास निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

बाजुरा- नेकपा एमाले जिल्ला कमिटी बाजुराले असोज २५ गते प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टी जनाएको छ । बजेटले विकास निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।
बुधबार पार्टी कार्यालय मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा १२ औं बैठकबाट पारित निर्णयले प्रदेश सरकारले ल्याएको बजेट जनतामुखी नभएकाले प्रति असन्तुष्टी जनाएको हो ।
प्रदेश सरकारले फेरबदलले मात्र भई एमाले पटक पटक सरकारमा रही आएकाले पार्टीले आलोचनात्मक समर्थन बाहेक गर्न सक्ने विकल्प नभएको एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।
पार्टीको हैसियतले बाजुराले पनि जिम्मेवारी लिनुपर्ने भएपनि बजेट भने जतना मुखी नभई पार्टीका नेतामुखी भएको अध्यक्ष ओलीको आरोप रहेको छ ।
पार्टीबाट पठाएका मन्त्रीहरुको सचिवालय समेत गैर जिम्मेवारी रहेकाले बजेटप्रति समर्थन गर्न नसकिने अध्यक्ष ओलीको भनाई रहेको छ ।
पार्टीको १२ औं पूर्ण बैठकले प्रदेश सरकारको बजेट जनमुखी र विकासमुखी हुनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा निर्णय सार्वजनिक गर्दै बाजुरा जिल्लाका नागरिकको अपेक्षा र आवश्यकतालाई सम्बोधन हुन नसक्ने बजेटले जनताको मनोबल नबढाउने भएकाले बाजुरा सहित सुदूरपश्चिमका विकासमा पछाडी परेका जिल्लालाई प्राथमिकता राखेर बजेट ल्याउन सरकारसंग माग गरिएको हो ।
यस्तै पत्रकार सम्मेलनमा नेकपा एमाले बाजुराका अध्यक्ष ओलीले समेत बजेटप्रति असन्तुष्टी जनाएका छन् । बजेट नागरिक र विकास निर्माणमा भन्दा पनि व्यक्तिमुखी भएकाले बाजुराले पार्टीले आलोचनात्मक समर्थन गर्ने बताए ।



