बाजुरामा एलपी ग्यासको अभाव,उपभोक्ता मारमा

राेशन बुढा

बाजुरा- देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । सदरमुकाम मार्तडीमा उपभोक्ताहरुले ग्यास अभावका कारण हैरानी भएका छन् ।
उपभोक्ताहरु दैनिक रुपमा ग्यास आपूर्ति विक्रेताको पसलहरुमा भीड लाग्ने गरेको छ । नियमित र सहज आपूर्ति नहुँदा ग्यास लिनका लागी उपभोक्ताले लामो समयसम्म कुर्नुपर्ने अवस्था सिर्जना भएको ग्यास उपभोक्ता पवित्रा बोहराले बताएकी छन् ।
मार्तडी बजार सहित, कोल्टी,पिलुचौर,बाम्का लगायतका क्षेत्रमा समेत उपभोक्ताहरुले खाना पकाउने ग्यासको अभाव झेल्दै आएको बोहराले बताइन् । ग्यासका सिलिन्डर लिएर उपभोक्ताहरु विक्री केन्द्रमा पुग्दा पनि ग्यास नभएपछि रिक्त फर्किनु परेको बोहराको भनाई रहेको छ ।
जिल्लामा माग अनुसार ग्यास उपलब्ध नहुँदा कतिपय उपभोक्ता रित्तै हात फर्किन बाध्य छन् । भने अनुसार,ग्यास उपलब्ध नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।
ग्यास अभाव हुँदा उपभोक्ताहरुले भौतारिनु पर्ने अवस्था रहेको अध्यक्ष रोकायाको भनाई रहेको छ । खाना पकाउने ग्यास उपभोग्य वस्तुको अभावले दाउरा संकलन गर्नुपर्ने बाध्यता सिर्जना भएको अध्यक्ष रोकायाले बताए ।
अधिराज्यभर अभावमा रहेको ग्यासको प्रभाव बाजुरामा समेत परेको उपभोक्ता तथा बडीमालिका एण्ड रविन्द्र फेन्सी स्टोरका प्रोेपाईटर जयराज उपाध्यायले बताए ।
सहज रुपमा ग्यास नपाउँदा खाना पकाउन वैकल्पिक इन्धनको प्रयोग गर्नुपर्ने बाध्यता बढेको जानकारी दिए।अहिले बजारमा ग्यासको वास्तविक मौज्दात, विक्री वितरण र आपूर्तिको अवस्थाबारे विभिन्न प्रश्नहरु उठ्न थालेका छन् ।

सदरमुकामबासीहरुलाई मासिक दश हजार बढी सिलिन्डर एलपी ग्यास आवश्यक पर्ने गरेको छ । जिल्लामा रेडियन्ट, मनकामना, भेरी र साइपाल कम्पनीका ग्यासहरु विक्री हुँदै आएका भएपनि ग्यास अभाव भएको हप्तौँ दिन भन्दा बढी वितिसक्दा पनि आपूर्ति हुन सकेको छैन ।
जिल्लामा एक सातादेखि ग्यासको चरम अभाव भएको छ । पछिल्ला समयमा ग्यासको अभाव हुँदै आएको सागर फेन्सी स्टोरका सञ्चालक व्यवसायी प्रकाश थापाले बताए ।
एकसाताबाट ग्यासको चरम अभाव भएको उनको भनाई छ । समयमै ग्यास आपूर्ति नहुँदा उपभोक्तालाई वितरणमा समस्या भएको उनले बताए ।
जिल्लामा मनकामना र भेरीको खाली ग्यास सिलिण्डर भएपनि आपुर्तिमा भेरी र मनकामनाले धनगढीमा नदिएकाले जिल्लामा ग्यासको अभाव देखिएको ग्यास विक्रेता थापाले बताएका छन् ।
भेरी र मनकामनाले अभावका बेला ग्यास नदिने र अन्य समयमा मात्र ग्यास दिदा खाली रेडियन्टका खाली ग्यास आपूर्ति नभएको र उक्त ग्यासको खाली सिलिण्डर अन्य बाडिएकाले ग्यास अभाव भएको थापाको भनाई रहेको छ ।
धनगढीमा रहेको रेडियन्स ग्यास कम्पनीमा आज नै खाली सिलिण्डर पठाउन लागेको र आउदो आइतबार भित्र ग्यास जिल्लामा आपूर्ति हुनेमा उपभोक्तालाई प्रतिवद्धता थापाले गरेका छन् ।
केही हप्ता अगाडी जिल्लामा प्रशासनको रोहवरमा बजार अनुगमन समेत गरिएको थियो ।
जिल्लाका नागरिकले खाना पकाउने एलपी ग्यास सहज रुपमा आपूर्तिका भइरहेको अनुगमनका क्रममा पाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले ग्यासको अभावले उपभोक्ता मारमा परेको बताए । विशेषगरी टाढाबाट आएर मार्तडी बसोबास गरि पढ्दै आएका विद्यार्थीहरुलाई समस्या भएको बताएका छन् ।
उनले बाँकेका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी भेरी ग्यास उपलव्ध गरिदिन आग्रह गरेकाले उक्त ग्यास पनि जिल्लामा आउने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
ग्यास विक्रेतासंग कुरा गर्न खोज्दा व्यापारी र आफ्नो फोन नउठाउने गरेको प्रजिअ निरौलाले बार्र्जु खबरलाई भने । ग्यास अभाव न्युनिकरणका लागि प्रशासनले प्रयास गरिरहेको प्रजिअ निरौलाको भनाई छ ।
उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष चक्र रोकायाले केही दिन यता बजारमा ग्यास अभाव रहेको बताएका छन् ।
जिल्लामा ग्यासको अभाव कसरी भयो,विक्री वितरण के– कसरी भईरहेको छ, व्यवसायीहरुले मौज्दात राखेर चर्काे मूल्य असुल्ने गरी विक्री गरिरहेका छन्, या छैनन्,भन्ने बिषयमा तत्काल पुनः बजार अनुगमन गर्नुपर्ने उपभोक्ताहरुको माग छ । सडक तथा ढुवानी व्यवस्थाका कारण पनि जिल्लामा ग्यास आपूर्तिमा कठिनाइ हुने गरेको छ ।
ग्यास अभावका कालोबजारी हुने भएकाले जिल्लामा ग्यासको वास्तविक माग,मौज्दात र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गरि उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button