मार्तडीमा डान्स क्लवको नगर प्रमुख खड्काले गरे उद्घाटन

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा बुधबार एक औपचारिक कार्यक्रमका बीच डान्स क्लव उद्द्धाटन गरिएको छ । क्लवको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले रिवन काटेर उद्घाटन गरेका हुन् ।
विशेष गरी कम उमेर समुहका बालबालिकाहरु मोवाईको लत लागेका र विभिन्न कुलतमा फसेका र चाउचाउ सहितका जंफुड खानेहरुको स्वास्थ्यमा सुधार गर्ने गरी क्लव संचालन गरिएको सन्तोष अवस्थीले बताए ।
कतिपय बालबालिकाहरु लागुऔषध सहितका कुलतमा फसेका र उनीहरुको स्वास्थ्य अवस्था विग्रदै गएका र पढाईमा भन्दा पनि मोवाईलको लत बसेका र घरमा खानेकुरा नखाएर बजारको चाउचाउ सहिका खाने कुरा खानेहरुको बानी हटाउन र शारिरिक व्यायाम सहितको क्लव संचालन गरिएको राजेश पायल वि.क.ले जानकारी दिएका छन् ।
मार्तडीमा पढाइको लागि आएका र मार्तडीमै बसोबास गर्ने युवा युवती, बालबालिकाहरुलाई विशेष अवसर दिदै आरडिएफ डाक्स क्लव संचालन गरिएको हो ।
बडीमालिका नगरपालिका–९ को तुफान डाडाँ नजिकै हिमालय कैलाश होटलको तल्लो तलमा उक्त डान्स क्लव औपचारिक रुपमा संचालन गरिएको हो ।
क्लवको उद्घाटनमा नगर प्रमुख खड्काले व्यवसायिकतालाई निरन्तरता दिन सुझाव दिएका छन् । उनले व्यवसायिक रुपमा संचालन गरिएको डान्स क्ल्वले नृत्य क्षेत्रमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरेका छन् ।
उद्घाटन समारोहमा वडा नम्बर २ का वडा अध्यक्ष डम्बर महत,७ का वडा अध्यक्ष धर्मराज पाध्याय,९ का वडा अध्यक्ष सुर्यकिरण वि.क., नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौले, स्ववियु बाजुरा क्याम्पस सभापति लक्ष्मण रोकाया लगायत सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button