सामुदायिक वनबाट बन्दुक बरामद

बाजुरा- जिल्लाको गौमुल गाउँपालिकामा सामुदायिक वनको ओढारमा राखिएको भरुवा बन्दुक प्रहरीले बुधबार बरामद गरेको छ ।
सोही गाउँपालिका-६ बसालाको बरमाण्डौं सामुदायिक वनको ओढारमा भरेर राखिएको अवस्थामा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश शाहीले जानकारी दिएका छन् ।
बन्दुक भरेर राखेको गोप्य सूचनामा आधारमा इलाका प्रहरी प्रहरी कार्यालय घटमुनाबाट खटिएको टोलीले बरामद गरेको प्रहरी निरिक्षक तथा प्रवक्ता शाहीले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



