बेवारिसे बन्दुक बरामद

बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकामा बिहीबार एक सामुदायिक वनको झाडीमा लुकाएर राखिएको बन्दुक प्रहरीले फेला पारेको छ ।
सोही नगरपालिा.का–९ लाउने भिमपानी सामुदायिक बन स्थित छेल ढुङ्गा देखि डप्क जाने बाटोको झाडी भित्र वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको एक नाले बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार अस्थायी प्रहरी चौकीको टोली गस्तीमा निस्केको बेला उक्त वनको झाडीमा लुकाएर राखिएको एक नाले बन्दुक बरामद गरेको बताए ।
बरामद गरेको एक नाले बन्दुक अस्थायी प्रहरी चौकी पाण्डुसैनमा राखिएको छ । थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button