बडादसैंको टीका आज पनि जारी

 काठमाडौं- विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीमा पनि टीका र जमरा लगाएर बडादसैँ मनाइँदैछ।

आज पनि मान्यजनका हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर दसैँ मनाइएको छ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी थियो भने आज एकादशी हो। हिजो टीका थाप्न नभ्याएका सर्वसाधारण आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर विजया दशमीको टीका थापिरहेका छन्।

हिजो घरमै टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौं बाहिर रहेका आफन्त तथा मान्यजनकहाँ टीका थाप्न गइरहेका छन्।

काठमाडौंमा लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक टीका थाप्न बाहिरिएका छन्। त्यस्तै, काठमाडौं बाहिरबाट पनि मानिसहरू राजधानी आइरहेका छन्।

बडादसैँको टीकाको मुख्य दिन विजया दशमी भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने प्रचलन छ। त्यसैले आज पनि टीका लगाउने, लगाइदिने तथा आशीर्वाद लिने–दिने क्रम जारी छ। यसले काठमाडौंमा चहलपहल केही बढेको देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button