एनपीएल : लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सले ८८ रनकाे लक्ष्य दियाे
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।
तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा मात्र ८७ रन जोड्न सक्यो ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए ।
सुदूरपश्चिमलाई सस्तोमा समेट्न लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट प्रदर्शन गरे ।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे । उनले २३ बलको सामना गरेका थिए ।
कप्तान ऐरीपछि शैफ अली जैबले १४ बलमा १३ जोडे । अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
सुदूरपश्चिमको पहिलो विकेटको रुपमा चौथो ओभरको पहिलो बलमा विनोद भण्डारीलाई लुम्बिनीका शेरले एलबी डब्लुको धरापमा पारे । विनोद ९ रनमा आउट हुँदा आरिफ शेख कुनै पनि रन नजोडी आउट हुन पुगे ।
त्यसपछि पनि सुदूरपश्चिमको विकेट जान रोकिएन । २४ रन जोड्दा पहिलो विकेट गुमाएको सुदूरपश्चिमले ३४ रन पुराउँदा ४ विकेट गुमाउन पुग्यो । सैफ जैव १३, ब्रान्डन म्याकमुलेन २ र इशान पाण्डे ७ रनमा आउट भए । यस्तै शेर्फन रदरफोर्ड एक, स्कुट कुइगेलेइन र हेमन्त धामी कुनै पनि रन नजोडी आउट भए । अनिल खरेल ७ रनमा आउट हुँद अभिनास बोहरा अविजित रहे ।



