आमादब्लम हिमालमा जर्मन आरोहीको मृत्यु

काठमाडौं- सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर अग्लो हिमालको शिखर चुमेर फर्किने क्रममा उनी करिब एक हजार ५०० मिटर तल खसेका थिए ।
आइतबार आमादब्लम हिमालको चुचुरोमा पुगेका ती आरोहीको सोमबार मृत्यु भएको हो । उनको शव सोमबार नै खोजी टोलीले फेला पारेको स्थानीय व्यवस्थापनको जिम्मा लिएको कम्पनी रियल हिमालय प्रालिका प्रमुख गोकुल थापाले बताएका छन् ।
थापाले लुक्लाबाट दिएको जानकारी अनुसार शव हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर पोस्टमार्टम गरिनेछ ।
सगरमाथा रहेको सोलुखुम्बु जिल्लामा पर्ने आमादब्लम हिमाल आरोहीमाझ लोकप्रिय गन्तव्य हो । चालु शरद् ऋतुको आरोहण सिजनमा आमादब्लम आरोहणका लागि ३०० भन्दा बढी आरोहीले अनुमति लिएका छन् । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई नेपालमा मुख्य शरद् आरोहण सिजन मानिन्छ ।
यसअघि गत साता पश्चिम नेपालको गंगापूर्णा हिमालमा दुई जापानी आरोहीको मृत्यु भएको थियो ।
यसै वर्ष पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ब्रड पिक हिमालमा हिमपहिराेमा परी चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जनाले ज्यान गुमाएका थिए ।



