बाजुरामा साताव्यापी सामुदायिक वन दिवस मनाइने

बाजुरा- सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) बाजुराले साताभरी सामुदायिक वन दिवस मनाउने भएको छ । केन्द्रीय परिपत्र अनुसार जिल्लामा विभिन्न कार्यक्रम गर्दै उक्त दिवस मनाइने जिल्ला अध्यक्ष सिता बराल(थापा)ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकी छन् ।
सामुदायिक वनमो महत्व र यसले पार्ने प्रभाव र सहजता लगायतको क्षेत्रको जानकारी गराउँदै अध्यक्ष बराल(थापा)ले हरिततन्त्रमा सामुदायिक वनको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष बराल(थापा)ले केन्द्रीय सर्कुलर अनुसार साउन २० गतृे स्थानीय स्तरमा वन उद्यम अवलोकन गरी सोही ठाउँमा अन्तक्र्रिया कार्यक्रम गर्ने, २१ गते सामुदायिक वनमा युवा सहभागिता विषयक अन्तक्र्रिया, २२ गते समुह, स्थानीय,जिल्ला, प्रदेश र संघमा आवश्यक कार्यक्रम तय गर्ने, २३ गते वृक्षारोपण र २४ गते रचनात्कम कार्यक्रम कविता, वक्तृत्वकला, सडक नाटक जस्ता कार्य गर्ने तालिका रहेको बताइन् ।
फेकोफन बाजुराकी अध्यक्ष बराल(थापा)ले जिल्लामा सामुदायिक वनहरुमा संचालन हुदै आएको हिमाली जडीबुटी संरक्षण तथा दिगो विकास कार्यक्रम जिल्लाका तीन पालिकामा संचालन भइरहेको जानकारी गराएकी छन् ।
उनले उक्त कार्यक्रम बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा लागु भइरहेको पत्रकार सम्मेलनमा भनिन् ।
उक्त कार्यक्रमले सामुदायिक वनमा भएका जडीबुटी संरक्षण र प्रवद्र्धन गर्दै आवश्यकताका आधारमा जडीबुटी संकलन गरी वनलाई आम्दानीको दश प्रतिशत बुझाउने गरी कार्यक्रम लागु भइरहेको अध्यक्ष थापाको भनाई रहेको छ ।
बराल(थापा)को अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनमा जिल्लास्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रकार र फेकोफोन बाजुराका पदाधिकारीहरु सहभागी थिए । पत्रकार सम्मेलनको संचालन हिमाली जडिबुटी संरक्षण तथा दिगो विकास कार्यक्रममा जिल्ला संयोजक चेतराज जोशीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button