भीरबाट लडेर मृत्यु एकको मृत्यु

बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकामा शुक्रबार भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका-७ पाण्डुसैनका अन्दाजी ७६ वर्षीय ललि रावत रहेको स्थानीय लालबहादुर रोकायाले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार भैसी लिएर डाँड लेकमा बसेका रावत शुक्रबार विहान अन्दउनका मेलामा घाँस काट्ने क्रममा खुट्टा चिप्लिएपछि भीरबाट लडेर मृत्यु् भएको बताए ।
लेकमा भएका कारण शनिबार विहान मात्र खबर आएपछि स्थानीयहरुले शवलाई भीरबाट निकालेर हिन्दु परम्परा अनुसार भाेलि दाहसंस्कार गरिने राेकाया बताएका छन् ।
घटना शुक्रबार भएपनि शनिबार विहान मात्र सोही लेक नजिकै रहेका भैसी गोठालो भीरबाट लडेर रावतको मृत्यु भएको खबर गरेको रोकायाको भनाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button