कर्णाली करिडोरको जगन्नाथ भुकाखोलाले बस बगायो, यात्रु सकुशल

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको कर्णाली करिडोरमा पर्ने जगन्नाथ गाउँपालिका–५ को भुकाखोलामा सोमबार दिउँसो बाढी आउँदा बस बगाएको छ ।
कर्णाली प्रदेशको सुर्खेतबाट हुम्ला आउँदै गरेको भे १ ख २८३१ नम्बरको बस खोलामा फसेपछि धकेल्ने क्रममा ठुलो बाढी आएपछि बस बगाएको बताइएको छ । बसमा रहेका यात्रु र ड्राइभर सकुसल रहेका छन् ।घटनाको विस्तृत जानकारी भने आउन बाकी रहेको छ ।



