मार्तडी-कोल्टी सडकमा जीप दुर्घटना, चालक घाइते

बाजुरा- मार्तडी-कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका-७ सामल गाउँ नजिकै सोमबार राति जीप दुर्घटना भएका छ । जीप दुर्घटनामा परी चालक टेक बहादुर बोहरा घाइते भएका छन् ।
पाण्डुसैनबाट कोल्टी जाँदै गरेको से १ ज १२३९ नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी करिब ३०÷४० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जीप चालक बोहरा सामान्य घाइते भएका छन् । दुर्घटनामा चालकबाहेक अन्य यात्रु नरहेको बताइएको छ ।
स्थानीयका अनुसार जीप सडकबाट तल खसेका कारण सवारी साधनमा क्षति पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button