बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा दिएका छन् ।

सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन्।

बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन्। नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोजेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button