गौमुलमा पहिरो जाँदा तीन घर पुरिए, पशुचौयाको मरे, राति भएकाले उद्धारमा समस्या

बाजुरा- लगातारको अविरल वर्षाका कारण बिहीबार बेलुकी पहिरो जाँदा गौमुल गाउँपालिका–३ कटीगाउँमा तीन घर पुरिएका छन् ।
लगातारको अविरल वर्षासंगै घर माथिबाट आएको पहिरोले स्थानीय पुर्णिेमल बोहरा र बुदि बोहरा र हिक्मतको घरमा पूर्ण रुपमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बिहीबार करिव ५ बजे अविरल वर्षासंगै आएको पहिरोका कारण दुई घर पुरिएको र पशु चौपाया पहिरोमा च्यापिएर मरेको बताए ।
पहिरोका कारण कटीगाउँमा रहेका २० बढी घर उच्च जोखिममा रहेको बताएका छन् । मौसम खराबी र राति भएका कारण पहिरोमा परेर मृत्यु भएका पशु चौपायाको क्षतिको विवरण र उद्धार गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष रोकायाको भनाई रहेको छ ।
भिरालो जमिनबाट आएको पहिरोले दुई घर पुरिएको भएपनि अन्य घरकोमा क्षतिको विवरणमा रातिका कारण संकलन गर्न समस्या भएको छ ।
घरमा बाँधिएका पशु चौपाया निकाल्न नपाउदा पहिरोमा पुरिएको र मान्छेहरुले भागदौड गरेर क्षति हुन नपाएको गाउँपालिकाका अध्यक्ष रोकायाले बताए ।
पहिरो आएर दुई घर पुरिएपपछि विस्थापित भएका दुई परिवारका लागि त्रिपाल सहितको राहत सामग्री लिएर गाउँपालिकाबाट टोली घटनास्थलमा पठाइएको गौमुल गाउँपालिका अध्यक्ष रोकायाले बताए ।
उनीहरुलाई अहिले सुरक्षित स्थानमा राख्न र खान बस्नको व्यवस्थाका लागि तत्काल गाउँपालिकाबाट कर्मचारीलाई राहत सहितको सामग्री पठाइएको रोकायाले भने ।
पहिरो आएर तीन घरमा क्षति पुर्याएको खबरपछि इलाका प्रहरी कार्यालय घटमुनाबाछ टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश शाहीले बताएका छन् ।
राति भएकाले जिल्लाको टोली पहिरो प्रभावित क्षेत्रमा नगएको प्रहरी प्रवक्ता शाहीले बताए ।
गएको बिहीबार त्रिवेणी नगरपालिका–९ ताम्सुमा मध्येराति आएको अविरल वर्षाका कारण दुई जना घाइते र एक जनाको पहिरोमा परी मृत्यु भएको थियो ।
एकसाता वित्न नपाउँदै गौमुल गाउँपालिकामा पनि पहिरोले दुई घर बगाएको छ । भने दर्शन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।



