नुवाकोट त्रिशूली पारि सडक सुविधा पुनर्स्थापित

काठमाडौं- त्रिशूली नदीमाथिका पुलमा भएको क्षतिका कारण प्रभावित नुवाकोटको त्रिशूली पारि भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुरु गरिएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छी–त्रिशूली राजमार्ग अन्तर्गत त्रिशूली पुल पारीबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको हो ।
सडक सुरु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग जोड्न पुन: सडक पहुँच स्थापित भएको छ । साथै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री आवतजावतमा समेत सहजता हुने मन्त्रालयले उल्लेख गरेको छ ।



