नुहाउने क्रममा खोलाले बगाएर एक बालक बेपत्ता

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा नुहाउँने क्रममा खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सोही गाउँपालिका–३ मनिकाँडाका १६ वर्षीय अनोज सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गाउँ नजिकैको कालसिंगी वनमा बाख्रा चराउन गएका बेला गर्मी भएपछि कालसिंगी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बाख्रा हेर्न गएका तीन जना साथीसंग खोलामा नुहाउने क्रममा सिंहलाई बगाएर बेपत्ता पारेको बताए ।
बेपत्ता भएका बालक सिंहको खोजी कार्य जारी रहेको प्रहरी निरिक्षक तथा प्रवक्ता भाटले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button