भोटेकोशी बाढी पिडितलाई खप्तड छेडेदहको साढे दुई लाख सहयोग

बाजुरा- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका पिडितहरुका लागि पुनःस्थापना, स्वाथ्य उपचार र राहतका लागि यहाँको खप्तड छेडेदह गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका जनप्रतिनिधी,कर्मचारी, शिक्षक र विपद कोष गरी एकमुष्ट रुपमा बाढी पिडितका लागि २० लाख ५८ हजार ९१६ रुपैया सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दील बहादुर रावतले बताएका छन् ।
गाउँ कार्यपालिकाको बैठकबाट जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक÷सेवा सुविधाबाट रकम कट्टा गरी बाढी प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरिएको बताए ।
गाउँपालिकाका जनप्रतिनिधिबाट ९३ हजार ५ सय रुपैयाँ, कर्मचारीबाट ४ लाख ४६ हजार ५ सय ८५ रुपैयाँ, शिक्षक तथा विद्यालय कर्मचारीबाट १२ लाख ६८ हजार ८३१ रुपैयाँ र गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर मौनीले जानकारी दिएका छन् ।
गाउँपालिकाले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय तथा सामाजिक दायित्व भएको भन्दै बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए ।
यसअघि यहाँको बुढीगङ्गा नगरपालिकाले बाढी प्रभावित नागरिकहरुका लागि २२ लाख ९२ हजार ३३२ रुपैयाँ सहयोग गर्ने निर्णय र स्वामीकार्तिक खापर गाउँपालिकाले पनि रसुवाका बाढी पिडितलाई जनप्रतिनिधी कर्मचारीहरुको दुई दिनको तलबबाट सहयोग गर्ने निर्णग गरेको थियो ।



