इजरायलको फुटबल क्लब ‘सेभेन स्टार हाइफा’मा बाजुराका वि.क.छनोट

बाजुरा- इजरायलको हाइफा सहरस्थित नेपाली भाषीहरूको फुटबल क्लब सेभेन स्टार हिफा फुटवल क्लवमा छनोट भई बाजुराको बडिमालिका नगरपालिका–७ का गोपाल वि.क. आवद्ध भएका छन् र
विदेशी भूमिमा रहेर पनि खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै क्लबमा आबद्ध भएका छन् । विकको यस उपलब्धिले बाजुराको खेलकुद क्षेत्रमा थप टेवा पुग्ने छ। उहाँको छनोटले खेलप्रति लगाव, निरन्तर मेहनत र प्रतिभाको महत्त्वलाई समेत उजागर गरेको छ ।
उक्त नगरपालिका–७ बाट इजरायलसम्म पुगेर फुटबल क्लबमा आबद्ध हुन सफल भएका वि.क. लाई स्थानीयवासी, शुभचिन्तक तथा खेलप्रेमीहरूले बधाई दिँदै आगामी खेलजीवनको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।
वि.क.को यो उपलब्धी व्यक्तिगत सफलतामा मात्र सीमित नरही जिल्लाको पहिचान र गौरवसँग पनि जोडिएको छ । आगामी दिनमा उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो प्रतिभा थप निखार्न र नेपाली समुदायको नाम उजागर गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button