बडीमालिका कपको उपाधी जाल्पा माविले जित्यो, त्रिवेणीले उपविजेतामा चिक्त बुझायो

बाजुरा- बडीमालिका कप खुला भलिवल प्रतियोगिताको उपाधी जाल्पा माध्यमिक विद्यालयले जितेको छ । भने त्रिवेणी नगरपालिका उप विजेता बनेको छ ।
मंगलबार सम्पन्न भएको प्रथम शडीमालिका कप खुला प्रतियोगितामा जाल्पा मावि पिनालेखले त्रिवेणी नगरपालिकालाई सोझो सेटमा पराजति गरेको हो ।
बडीमालिका नेचर प्रा.लि. बाजुराको आयोजनामा सुरु भएको खुला भलिवल प्रतियोगितामा ८ टिम सहभागी भएका थिए । लिग चरण, क्वाटर, र सेमी फाइनल जित्दै उपाधीमा प्रतिपष्र्धा गरेको माविले त्रिवेणी नगरपालिकालाई ३–० का विरुद्ध पराजित गरेको अध्यक्ष कृष्ण ओलीले बताएका छन् ।
उनका अनुसार जाल्पा माविले पहिलो सेटमा २५–२३, दोस्रो खेलमा २५–१९ र तेस्रो खेलमा २५–१६ मा त्रिवेणी नगरपालिका पराजित भएको हो । उपाधी विजेता जाल्पा माविले नगद एक लाख ५५ हजार ५५५ सहित ट्रफी जितेको प्रालिका अध्यक्ष ओलीले बार्जु खबरलाई जानकारी दिएका छन् । यस्तै उप विजेता बनेको त्रिवेणी नगरपालिकाले ९९ हजार ९९९ रुपैया सहित ट्रफि जितेको हो ।
विजेताको दामेदार रहँदा पनि जाल्पाका खेलाडीको उत्कृष्ट प्रदर्शनले खेल उक्त विद्यालयले जितेको हो । खेलअवधी भरमा उत्कृष्ट खेलाडीहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।
खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना, पर्यटन प्रवद्र्धन तथा स्थानीय सम्भावनाको उजागर गर्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रालिका कार्यकारी निर्देशन गणेश थापाले बताएका छन् ।
‘प्रकृतिको सुरक्षा, मानव जीवनको रक्षा’ भन्ने मूल नारासहित खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितालाई प्रालिले दीर्घकालीन अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिएको छ । यसै अभियानअन्तर्गत बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
आगामी वर्ष प्रालिले दुई लाखको खुला भलिवल प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको छ । विजेतलाई दुई लाख सहित सहयोग गर्ने बुढीगंगा नगरपालिका–३ घर भइ हाल अष्ट्रेलियामा रहेका अर्जुन भण्डारीले सहयोग गर्ने प्रतिवद्धतापछि आगामी वर्ष दुई लाखको आयोजना गर्ने घोषणा गरिएको हो ।
प्रालिका कार्यकारी निर्देशक गणेश थापाले खेलकुदको माध्यमबाट प्रकृति संरक्षणको सन्देश समाजका विभिन्न तहसम्म पु¥याउने उद्देश्य रहेको बताए । उनका अनुसार हिमाली तथा पर्वतीय क्षेत्रको पर्यावरणीय संवेदनशीलताबारे युवा पुस्तालाई सचेत गराउनुका साथै खेलकुद, पर्यटन र वातावरण संरक्षणलाई एउटै अभियानमा जोड्न प्रतियोगिताले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रालिका सदस्य पदमबहादुर सिंह, लक्ष्मण रोकाया, सञ्जय विक, विष्णु कार्की लगायतको सहभागिता थियो । आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट दुई दर्जनभन्दा बढी टिम सहभागी गराउने लक्ष्य राखिएको छ । स्थानीय तथा प्रदेशस्तरका उत्कृष्ट खेलाडीका साथै राष्ट्रिय र उच्चस्तरीय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतियोगिताले स्थानीय खेलाडीलाई अनुभवी तथा उच्चस्तरीय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको स्तर उकास्न सहयोग पु¥याउने विश्वास आयोजकको छ । व्यवस्थित खेलमैदान र प्राविधिक व्यवस्थापनसहित प्रतियोगिता सञ्चालन गरिएको हो ।
दुई खेलाडी सम्मानित
जिल्लामा भलिबल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने दुई जनालाई बडीमालिका नेचर प्रालिले सम्मान गरेको छ ।
पुर्व भलिवल खेलाडी तथा बाजुरा भलिबल संघका अध्यक्ष सुरेन्द्र रौले र भलिबल खेलाडी बलबहादुर रोकायालाई दोसल्ला सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
भलिबल खेलमा उनीहरुले पुर्याएको येगदान र जिल्लाबाट प्रदेश र राष्ट्रियस्तरमा खेलेको भूमिकाका प्रति सम्मान गरिएको हो ।



