घाइते रावललाई थप उपचारका लागि रिफर

बाजुरा- गएराति आएको अविरल वर्षाका कारण पहिरोमा परी घाइते भएकी ४० वर्षीया धौली रावललाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।
पहिरोमा परी घाइते भएकी रावलको नाँक भाँचिएकाले सिटी स्क्यान सहितको उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार घाइते महिलालाई नाकमा चोट भएका कारण थप उपचार गर्नुपर्ने भएपछि जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स मार्फत पठाइएको बताए ।
पहिरोमा परी घाइते भएका ४० वर्षीय धर्म थापाको भने जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
गएराति आएको अविरल वर्षाका कारण २० वर्षीया प्रतिक्षा थापाको मृत्यु भएको छ । मृतक थापाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुराको शव गृहमा राखिएको छ ।



