भलिवलको मैत्रीपूर्ण खेलमा पत्रकार महासंघको टिम विजयी

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा शनिबारबाट आयोजना गरिएको प्रथम बडीमालिका कप २०८३ को खुला भलिवल प्रतियोगिताको राजनितिक दल र पत्रकार बीचको मैत्रीपूर्ण खेलमा पत्रकार महासंघकोे टिम विजयी भएको छ ।
लगातारा तीन खेल खेलेको राजनितिक दल र पत्रकार बीचको रोमाञ्चक खेलमा पत्रकार महासंघको टिमले विजयी भएको हो ।
मैत्रीपूर्ण खेलमा पहिलो सेटमा २५ का विरुद्ध १९ ले हराउदै राजनितिक दलले जितेको हो । दोस्रो र तेस्रो सेट भने पत्रकार महासंघको टिमले जितेको बडीमालिका नेचर प्रालि बाजुराले जनाएको छ ।
पहिलो सेट जितेको राजनितिक दलले लगातार दुई हारेपछि पत्रकार महासंघको टिम विजयी भएको प्रालिका अध्यक्ष कृष्ण ओलीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार पहिलो सेटमा राजनितिक दलले पत्रकार महासंघको टिलाई २५–१९ मा पराजित गरेको बताए । पत्रकार महासंघको टिमले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–२० का विरुद्ध राजनितिक दललाई पराजित गरेको हो । लगातार दुई खेल पत्रकार महासंघको टिमले जितेको हो ।
प्रकृतिको संरक्षण र प्रकृति बचाउने लक्ष्यका साथ सुरु भएको प्रथम खुला भलिवल प्रतियोगितामा १० टिम सहभागी भएका छन् ।
खेलमा सहभागी भएका १० टिमको भोलि विहान ८ बजेबाट लिग चरणका खेल हुने आयोजकले जनाएको छ ।
विहान ८ बजेबाट हुने खेल तालिका अनुसार आयोजक र बान्नीगढी गाउँपालिका अछाम, दोस्रो खेल त्रिवेणी नगरपालिका र जाल्पा माध्यामिक विद्यालय पिनालेख, तेस्रो खेल जिल्ला प्रहरी कार्यालय बाजुरा र चौथो खेल बुढीनन्दा नगरपालिका र केपी बा बीच प्रतिष्पर्धा हुने भएको छ ।
यस्तै यु.बि कन्ट्रक्सन आयोजक र बान्नीगढी जयगढ बीको खेलमा विजेता संग खेल्ने छ भने बडीमालिका नगरपालिका भने जाल्पा र मावि र त्रिवेणी नगरपालिका मध्ये विजेतासंग खेल खेल्ने भएको हो ।
जिल्ला सदरमुकाम मार्तडीमा शनिबारबाट प्रथम ‘बडीमालिका कप–२०८३’ खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बडीमालिका नेचर प्रालिले प्रकृति संरक्षण, पर्यटन प्रवद्र्धन र खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिता यहीँ कात्र्तिक १० गतेसम्म सञ्चालन गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५५ हजार ५५५ रुपैयाँ र द्वितीय हुने टिमलाई ९९ हजार ९९९ रुपैयाँ पुरस्कारसहित मेडल प्रमाणपत्रका साथैं विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने गरिने आयोजकले जनाएको छ । मार्तडीमा ‘बडीमालिका कप’ खुला पुरुष भलिबल प्रतियोगिता सुरु संचालन भएको हो ।
‘प्रकृतिको सुरक्षा र संरक्षण, हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित आयोजित बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको प्रालिका कार्यकारी निर्देशक गणेश थापाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button