प्रथम बडीमालिका कप सुरु, लिग चरणका खेल भोलिबाट सुरु हुने

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा शनिबारबाट प्रथम ‘बडीमालिका कप–२०८३’ खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बडीमालिका नेचर प्रालिले प्रकृति संरक्षण, पर्यटन प्रवद्र्धन र खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिता यहीँ कात्र्तिक १० गतेसम्म सञ्चालन गरिएको हो । भोलिबाट लिग चरणका खेल संचालन गरिने भएको छ ।
बडीमालिका नेचर प्रालिका अध्यक्ष कृष्ण ओलीका अनुसार खेलकुदलाई प्रतिष्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना, पर्यटन प्रवद्र्धन तथा स्थानीय सम्भावनाको उजागर गर्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताको मार्तडीस्थित खुलामञ्चमा शनिबार जिल्ला समन्वय समिति प्रमुख तुलीराम रोकाया, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागीतामा भव्य उद्घाटन गरिएको अध्यक्ष ओलीले जानकारी दिए ।
प्रतियोगिताको शुभारम्भमा राजनीतिक दल र पत्रकारवीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम विजयी भएको छ । यस्तै, ओलीका अनुसार प्रतियोगितामा कुल १० वटा टिमले सहभागीता जनाएका छन् भने खेल आइतबारबाट सुरु हुने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५५ हजार ५५५ रुपैयाँ र द्वितीय हुने टिमलाई ९९ हजार ९९९ रुपैयाँ पुरस्कारसहित मेडल प्रमाणपत्रका साथैं विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने गरिने आयोजकले जनाएको छ । मार्तडीमा ‘बडीमालिका कप’ खुला पुरुष भलिबल प्रतियोगिता सुरु संचालन भएको हो ।
‘प्रकृतिको सुरक्षा र संरक्षण, हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित आयोजित बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको प्रालिका कार्यकारी निर्देशक गणेश थापाले बताए ।
उनले खेलकुदको माध्यमबाट प्रकृति संरक्षणको सन्देश समाजसम्म पु¥याउने सके पर्यावरणीय संवेदनशीलताबारे युवा पुस्तालाई सचेत गराउनुका साथै खेलकुद, पर्यटन र वातावरण संरक्षणलाई एउटै अभियानमा जोड्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रालिका अध्यक्ष ओलीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए ।
उद्घाटन सत्रमा बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा, बडीमालिका नगरपालिका उप प्रमुख नन्दा थापा विशिष्ट अतिथी रहेकी थिइन् ।
उद्घाटन सत्रमा जिल्लाका राजनितिक दलका प्रमुख तथा प्रतिनिधी पत्रकार सहित सहभागी थिए । प्रेम नेपालीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य बडीमालिका नेचर प्रालिका निर्देशक गणेश थापाले गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button