सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा उनले प्रभावित क्षेत्रमा सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि निर्देशन दिएका  हुन्।

मुख्यमन्त्री भट्टले सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।

बैठकले भोटेकोशी बाढीमा परेका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ। साथै, प्रदेशमा बाढी तथा अन्य विपद्को सम्भावनालाई ध्यानमा राख्दै सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

बैठकमा नेपाल-भारत सीमा क्षेत्रमा देखिने समस्या समाधान तथा लागुऔषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button