रसुवा बाढी पिडितलाई काँग्रेस बाजुराद्धारा एक लाख सहयोग

बाजुरा- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विस्थापित पिडितका लागि नेपाली काँग्रेस बाजुराले एक लाख रुपैया सहयोग गरेको छ ।
बिहीबार नेवाली काँग्रेस बाजुराले बाढी प्रभावित क्षेत्रका पिडितहरुका लागि राहत स्वरुप प्रधानमन्त्री दैबी उद्धार कोषमा एक लाख रुपैया जम्मा गरिएको पार्टी कार्यालय सचिव बलबहादुर खड्काले जानकारी दिएका छन् ।
बाढीबाट प्रभावित भएका नागरिकहरुलाई राहत स्वरुप प्रधानमन्त्री दैबी उद्धार कोषमा सहयोग गरिएको छ । बाढीबाट पिडित भएका नागरिकलाई सरकारले तत्काल राहत र पुनस्थापना गर्न समेत आग्रह गरिएको नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले बताएका छन् ।
बाढीबाट विस्थापित भएकालाई पुनःस्थापना राहत र आफन्त गुमाएकाहरुलाई राहत र सम्पर्क विहिन भएकाहरुको तत्काल खोजी कार्य गर्न सभापति रावलले आग्रह गरेका छन् ।
बाढीपछि बाजुराका १६ जना अझै सम्पर्क विहिन रहेका छन् । हिमाली गाउँपालिकाका १० जना, स्वामीकार्तिक खापर गाउँपालिकाका ५ जना र जगन्नाथ गाउँपालिकाका १ जना बाढीपछि सम्पर्क विहिन छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button