सेनालाई उद्धृत गर्दै इन्जिनियर न्यौपाने भन्छन्- सुरुङभित्रबाट मानिसको आवाज सुनियो

काठमाडौं- रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ ।

खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उदृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुरुङ भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।’

उनले लेखेका छन्, ‘उद्धार कार्य अझै जारी छ । भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौं भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button