राप्रपा बाजुराको अध्यक्षमा शाही निर्वाचति, प्रदेश (क) काे अध्यक्षमा मल्ल र (ख) काे अध्यक्षमा खडायत चयन

बाजुरा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाजुराको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार सदरमुका मार्तडीमा आयोजना गरिएको अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको राप्रपा बाजुराले जनाएको छ ।
सातौं जिल्ला अधिवेशनबाट जीत बहादुर शाहीको नेतृत्वमा २२ सदस्यीय जिल्ला कार्य समिति गठन भएको राप्रपा बाजुराका नवनिर्वाचित सचिव दल बहादुर थापाले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार उपाध्यक्षमा जय बहादुर गिरी, महिला उपाध्यक्ष नन्दाखर रेग्मी, दलित उपाध्यक्ष प्रकाश वि.क., सचिव दलबहादुर थापा,सह सचिव नविन श्रीया र कोषाध्यक्ष राजु कुमारी बुढा सहित २२ सदस्यीय जिल्ला कार्य समिति गठन थापाले बताए ।
पार्टीको महाधिवेनको तयारी सहितको अधिवेशन गर्न परिपत्र अनुसार जिल्लाको अधिवेशन गरिएको राप्रपा बाजुराका अध्यक्ष जीत बहादुर शाहीले बताएका छन् ।
महाधिवेशनको तयारी भइरहेकाले जिल्लाबाट समेत महाधिवेशनको छनोट गर्ने भएको जिल्ला अधिवेशन गरिएको शाहीले बताए ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) र (ख)को प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको राप्रपा बाजुराका सचिव दल बहादुर थापाले बताएका छन् ।
उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र (क) भएको अध्यक्षमा हर्क बहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । मल्लको नेतृत्वमा १२ सदस्यीय प्रदेश (क) कार्य समिति चयन भएको हो ।
उपाध्यक्षमा केशर बहादुर शाही,सचिव नविन सिंह, कोषाध्यक्ष लक्ष्मी गिरी सहित १२ सदस्यीय प्रदेश कार्य समिति गठन गरिएकमो सचिव थापाले बताए ।
त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख)को प्रथम अधिवेशनबाट छत्र खडायतको नेतृत्वमा १९ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
पार्टीको विधान अनुसार प्रदेश निर्वाचन क्षेत्र (ख) मा उपाध्यक्षमा जय बहादुर गिरी महिला उपाध्यक्ष राजु कुमारी बुढा, सचिव मान बहादुर रोकाया, सहसचिव दिनेश वि.क. र कोषाध्यक्ष धर्मा वि.क. सहित १९ सदस्यीय प्रदेश कार्य समिति गठन भएको छ ।
पार्टी जिल्ला अध्यक्ष जीत बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताहरु सहभागी रहेका थिए । अधिवेशन उद्घाटन समारोहको संचालन सचिव दल बहादुर थापाले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button