बुढीगंगा नदीमा एक बृद्ध मृत फेला

बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिका–२ बल्देको बुढीगंगा नदीमा बिहीबार एक जना बृद्ध मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बल्देको बुढीगंगा नदीको किरानारमा त्रिवेणी नगरपालिका–९ पैमाका ८२ वर्षीय पदम खत्री रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार नदीको किनारमा शव देखेपछि स्थानीय रमेश थापाले प्रहरीलाई खबर गरेको बताए । प्रहरीलाई खबरपछि अस्थायी प्रहरी चौकी बल्देका प्रहरी बरिष्ठ हवल्दारको नेतृत्वमा टोली खटिएको र थप जानकारीका लागि प्रहरी निरिक्षक तथा प्रवक्ता गगनसिंह भाट नेतृत्वको टोली घटनास्थल गएको प्रहरीले जनाएको छ ।
बेवारिसे अवस्थामा भेटिएको शवको मृतक खत्रीका छोरा बलबहादुर खत्रीले सनाखत गरेको र शव सडेर गलेको अवस्थामा रहेको छ । शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button