चेतनदीप हत्या प्रकरणः ६ जनालाई जन्मकैद जनही एक लाख जरिवाना,१८ जनाले पाए सफाइ

बाजुरा- प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मतदानका क्रममा प्रहरीको गोली लागि संजीव अयडीको मृत्यु भएपछि उग्र रुप लिएर घरमा सुति रहेको बेला कुटीकुटी हत्या गरिएका त्रिवेणी नगरपालिका–७ मालागाउँका स्थानीय चेतनदीप अयडीको हत्यामा संलग्न भएका ६ जनालाई बाजुरा जिल्ला अदालतले बिहीबार जन्मकैद सुनाइएको छ ।धने १८ जनाले सफाइ पाएका छन् ।
बाजुरा जिल्ला न्यायधिश तारा प्रसाद डाँगीको इजालसले हत्यामा संलग्न भएको भिडियो सहितको प्रमाणका आधारमा ६ जनालाई जन्मकैद सहित जनही एक लाख क्षतिपूूर्तिको माग गरिएको छ ।
बुधबार र बिहीबार भएको हत्या प्रकरणको बहस सकिएपछि फैसला आएको हो ।
जिल्ला अदालत बाजुराका न्यायधिश ताराप्रसाद डाँगीको इजलासमा सुनुवाई तथा बहस सकिएको भएको थियो ।
ऐडीको हत्याको जाहेरी दिएका गगने ऐडीको तर्फबाट सरकारी वकिल र वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशी तुलाराम जैशीले बहस गरेका छन् । भने विपक्षीको तर्फबाट अधिवक्ता कविराज पण्डित, जगतजंग बम र हर्क खडायत लगायतले बहस गरेका छन् ।
न्यायधिश डाँगीको इजालसमा भएको बहस तथा सुनुवाईको फैसला आएको छ । हत्यामा संलग्न भएका जंग भनिने शेर बहादुर अयडी सागर अयडी,लोकेश अयडी, खेमराज भन्ने खेम अयडी, जीवन अयडी र धन थापालाई जन्मकैद सहित जनही एक लाख क्षतिपूर्ति तिर्न फैसलामा उल्लेख गरिएको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७८(१) को कसूरमा सोही दफाको(२) बमोजिम जन्मकैद हुने र प्रतिवादी विपडत पक्षलाई सोही संहिताको दफा १८६ बमोजिम एक लाख जरिवाना तोकिएको छ ।
अन्य १८ जना प्रतिवादीले भने सफाई पाएका छन् । घटनामा संलग्न भएर कानुन बमोजिम कारबाही सहित मुद्धा दर्ता भएका पदम बहादुर अयडी, विनोद बहादुर अयडी, रुपा चौधरी, नरेश अयडी,चक्र बहादुर अयडी, भुपाल अयडी,मंगल भन्ने मदन बहादुर अयडी, निरज बहादुर अयडीले सफाई पाएका छन् ।
यस्तै नर अयडी, उद्धव बहादुर अयडी,रत्न बहादुर अयडी, जुद्धबहादुर अयडी, अनिता रौले(अयडी), रनसिंह बहादुर अयडी,मोहन बहादुर अयडी, नविन अयडी, इश्वरा देवी अयडी र धनादेवी अयडीले पनि सफाई पाएकी हुन् ।
ऐडी हत्या प्रकरणमा २४ जनामा मुद्धा जाहेर गरिएको थियो ।
यस मुद्दामा २४ जना प्रतिवादी छन ्। यीमध्ये ७ जना मात्र थुनामा रहेका थिए । भने ११ जना विभिन्न तहका अदालतबाट धरौटी बुझाएर तारिखमा छुटेका छन् । ६ जना साधारण तारिखमा छुटेका थिए ।
अभियुक्तमध्ये ६ जनालाई मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जीवनभर (आजीवन) कैद गर्न र बाँकी १६ जनालाई दफा १७७ बमोजिम जन्मकैद (२५ वर्ष) सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ ।
२०७९ मंसिर ४ गते त्रिवेणी नगरपालिका ७ मा रहेको नाटेश्वरी आधारभूत मतदान केन्द्रमा मतदान गर्ने क्रममा विवाद भएको थियो । विवादपछि प्रहरी निरिक्षक इश्वर थापाले गोली हानेपछि मतदान केन्द्रमा संजीव अयडीको मृत्यु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button