कैला जुंगा र काला कपाल भएकाले पनि देश बनाउने छनक देखाएनन् : चौधरी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने आन्दोलन र त्यसपछि आएको गणतन्त्रसँगै किन हाम्रो धर्म साटियो भनेर कांग्रेस सभापति गगन थापालाई प्रश्न गरेका छन् ।

आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको १५ औँ महाधिवेशनको शुभकामना दिँदै नेता चौधरीले थापालाई यस्तो प्रश्न गरेका हुन् । 

‘१९ दिने आन्दोलनबाट गणतन्त्र ल्यायौँ तर, तर त्यो १९ दिने जनआन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो गगनजी ?’, चौधरीको प्रश्न छ । 

उनले आफूहरू आफ्नो पहिचानसँग साटफेर नगर्ने भन्दै देशको संविधान बनाउन ठुलो भूमिका निर्वाह गरेको कांग्रेसले कमैया मुक्ति समेत गरेको बताए । 

उनले संविधानमा लेखिएपनि थारुहरूले अधिकार नपाएको भन्दै थारुहरू कहिले प्रधानमन्त्री, प्रधानसेनापति र मुख्यसचिव कहिले हुने भन्दै थापालाई प्रश्न गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button