काँग्रेस बाजुराका शिर्ष नेताको वडामा देउवा कार्यकर्ताको विद्रोह, केन्द्रीय सदस्य गिरीको वडामा देउवा पक्षको नयाँ वडा कार्य समिति गठन

बाजुरा- नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य भएका जनकराज गिरीको वडामा देउवा पक्षका कार्यकर्ताले विद्रोह गर्दै वडा अधिवेशन गरेका छन् ।
काँग्रेसबाट निर्वाचित प्रतिनिधी सभाका सदस्य तथा विशेषबाट केन्द्रीय सदस्य बनेका गिरीको गृह पालिका स्वामीकार्तिक खापर गाउँपालिकाको–४ वाई गृह वडामा उनी विरुद्ध विद्रोह गर्दै वडामा नयाँ वडा कार्य समिति बनाइएको छ ।
काँग्रेसको संस्थापन पक्षबाट असोज ४ गते वडा अधिवेशन गरे वडा कार्य समिति गठन गरेर १५ औं महाधिवेशनमा सहभागी भएपनि पार्टी केन्द्रीय सदस्य गिरीको गहृ वडामा विद्रोह सुरु भएको हो ।
उनको वडामा भुवन बहादुर धामी वडा सभापतिको नेतृत्वमा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधी बनाउदै मंसिरमा हुने महाधिवेशनमा सहभागी हुने भएका छन् ।
यस्तै नेपाली काँग्रेसका सभापति रामसिंह रावलको वडामा पनि विद्रोह सुरु भएको छ । त्रिवेणी नगरपालिका–८ सभापति रावलको गृह वडा हो । रावलको वडामा संस्थापन पक्षबाट वडा अधिवेशन सम्पन्न भएपनि असोज १६ गते देउपा पक्षका कार्यकर्ताले नियमित अधिवेशनका लागि वडा अधिवेशन गरेर गणेश बहादुर थापा नेतृत्वको वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधी चयन गरेका छन् ।
नेपाली काँग्रेसका नवनिर्वाचित महाधिवेशन प्रतिनिधी तथा काँग्रेस जिल्ला सभापतिका उम्मेदवारका आकाँक्षी चक्र बहादुर शाहको गृह वडामा समेत उनी विरुद्ध विद्रोह सुरु भएको छ ।
बुढीगंगा नगरपालिका ३ मा उनी विरुद्ध विद्रोह गर्दै शनिबार वडा कार्य समिति बनाइएको छ । जीतबहादुर बुढथापा नगेतृत्वको वडा कार्य समिति बनाउँदै क्षेत्रीय प्रतिनिधी चयन भएका प्रतिनिधी मंसिर २१ गते हुने १५ औं महाधिवेशनमा सहभागी हुने भएका छन् ।
नेपाली काँग्रेसका उपसभापति पदम बडुवालको गृह वडामा पनि विद्रोह गरिएको छ । पार्टी उपसभापति बडुवालका विरुद्ध देउवा पक्षले विद्रोह गर्दै विर्क बहादुर खड्काको नगेतृत्वमा वडा कार्य समिति गठन गरिएको छ ।
उनी विरुद्ध लाग्दै देउवा पक्षका कार्यकर्ताले विद्रोह गर्दै वडा अधिवेशन गरेर वडा कार्य समिति बनाएर क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधी चयन गरेका छन् ।
यस्तै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी पदम बहादुर शाही, जुना दानीको गृह वडामा पनि उनीहरु विरुद्धको विद्रोह सुरु गर्दै देउवा पक्षले नयाँ कार्य समिति बनाएको हो ।
यस अघि संस्थापन पक्षले पनि पुर्व सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, पुर्व पार्टी सभापति कविराज पण्डित, पुर्व महाधिवेशन प्रतिनिधी महा नेपाली, कविता विष्ट, सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य तथा प्रचार विभाग प्रमुख धनराज पण्डित, सदस्य रनसिंह अयडी लगायतका पालिका र वडामा गगन थापा पक्षले विद्रोह गर्दै वडा कार्य समिति गठन गरी क्षेत्रीय अधिवेशनमा सहभागी भइसकेका छन् ।
नेपाली काँग्रेसमा संस्थापन र इतर देउवा पक्षको गाउँ तहमा विवाद देखिएको छ । पार्टी विभाजनको संघारमा काँग्रेस देखिएपछि देउवा र गगन पक्षका कार्यकर्ता बीचको दुरी भने गाउँ तहमा बढ्दै गएको संकेत देखा पर्न थालेको छ ।



