करेन्ट लागेर बुढीगंगामा एक युवकको मृत्यु

बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–२ बल्देका ४२ वर्षीय धनबहादुर केही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार आइतबार विहान घरबाट निस्किएका केसी साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खाृजी गर्दा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको पोल ढलेर करेन्ट लागेर मृत्यु भएको अवस्थामा फेला पारेको बताए ।
आफन्तले खोजी गर्दा बल्दे नजिकै रहेको परिवन सामुदायिक वनभित्र गाडिएको राष्ट्रिय प्रसारणको पोलमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला पारेको प्रवक्ता शाहीले बताएका छन् ।
घटनाको थप अनुसन्धान तथा घटनास्थल मुचुल्का लगायतका प्रक्रिया पूरा गर्नका लागि सोमबार बिहान जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको नेतृत्वमा सात जनाको टोली घटनास्थलतर्फ खटाइएको छ ।
यस्तै, उक्त घटनापछि आइतबार साँझदेखि जिल्लाभर राष्ट्रिय प्रशारण विद्युत् सेवा अवरुद्व रहेको छ ।



