काँग्रेस देउवा पक्षको पालिका अधिवेशन आजबाट सुरु

बाजुरा- नेपाली काँग्रेस संस्थापन इतर शेर बहादुर देउवा पक्षको बाजुराका ९ पालिका मध्ये ८ पालिकाको अधिवेशन आजबाट सुरु भएको छ ।
यहाँका ६९ वडामा अधिवेशन सकिएपछि दुई नगरपालिका र दुई गाउँपालिकाको पालिका अधिवेशन एकसाथ सुरु भएको नेपाली काँग्रेस देउवा पक्षले जनाएको छ ।
नेपाली काँग्रेसको नियमित १५ औं महाधिवेशनका लागि असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरेपछि आज अर्थात असोज २० गते पालिका अधिवेशन गर्ने गरी मिति तय गरिएको थियो ।
नेपाली काँग्रेस देउवा पक्षका कार्यकर्ताले विद्रोह गर्दै असोज १८ गते भएको १५ महाधिवेशन विरुद्ध वडा र पालिका अधिवेशन सुरु गरेका हुन् ।
त्रिवेणी, बुढीगंगा नगरपालिका, गौमुल र खप्तड छेडेदह गाउँपालिकाको पालिका अधिवेशन सुरु भएको नेविसंघ बाजुराका अध्यक्ष तथा देउवा पक्षका नेता जनक थापाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार अन्य पाँच पालिकाको अधिवेशन भोलिबाट सुरु हुने बताए । अधिवेशनमा देउवा पक्षका शिर्ष नेताहरुले पालिकाको अधिवेशन उद्घाटन गरेका छन् ।
बडीमालिका सहितका पाँच पालिकाको २१ गतेबाट सुरु हुने भएपछि २३ गते हुने प्रदेश सभा क्षेत्रीय कार्य समितिको अधिवेशन प्रभावित हुने भएको छ । प्रदेश क्षेत्रीय कार्य समितिको अधिवेशन २३ गते तोकिएको भएपनि प्रदेश अधिवेशनलाइ पछाडी सार्दै उक्त पालिकाको अधिवेशन हुने जनाइएको छ ।
आज हुने नगर तथा गाउँ अधिवेशनबाट देउवा पक्षको नयाँ कार्य समिति चयन हुने नेपाली काँग्रेस देउवा पक्षले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button