गिरीको सहमहामन्त्रीमा उम्मेदवारी
बाजुरा- नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य जनकराज गिरीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार नेपाली काँग्रेसको १५ औं महाधिवेनशको बन्दसत्र पछि गिरीले केन्द्रीय सहमहामन्त्रीको पदमा उम्मेदवारी दिएको महाधिवेशन प्रतिनिधी आशिष गिरीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार पार्टीको कलष्टर अनुसार पिछडिएको क्षेत्रबाट १ जना सहमहामन्त्री बन्न पाउने प्रावधान रहेकोले गिरीले सोहीमा उम्मेदवारी दर्ता गराएको बताए ।
सहमहामन्त्री उम्मेदवारी दर्तापछि गिरीले पार्टीको हित र संगठन निर्माणमा लाग्ने गरि उम्मेदपारी दिएको प्रतिक्रिया दिएका छन् ।
उनले सुदूरपश्चिम प्रदेशका घ जिल्ला र कर्णाली ६ गरी ९ जिल्ला पिछडिएको क्षेत्रमा रहेका छन् ।
उम्मेदवारीपछि गिरीले पार्टीको संगठन निर्माण, पार्टीभित्र दुर्गम जिल्लालाई समेट्ने कार्य योजना अघि सार्न पार्टीसंग समन्वय र सहकार्य प्रतिवद्धता जनाउँदै उम्मेदवारी दिएको बताएका छन् ।



