हुलाक दिवसको अवसरमा खुला भलिवल प्रतियोगिता संचालन

बाजुरा- जिल्ला हुलाक कार्यालय बाजुराले हुलाक दिवसको अवसरमा सदरमुकाम मार्तडीमा खुला भलिवल प्रतियोगिता संचालन गरेको छ ।
बुधबार जिल्लामा हुलाक सेवा प्रभावकारी र हुलाक सेवाको महत्व र यसको कामको बारेमा जानकारी गराउने लक्ष्य सहित खुला भलिवल प्रतियोगिता बुधबारबाट संचालन गरिएको जिल्ला हुलाक कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख उत्तम बहादुर बमले बार्जु खबरलाई जानकारी दिएका छन् ।
दशकौंदेखि सूचनाको माध्यमका रुपमा रहेको हुलाक सेवा पछिल्लो समय प्रविधीका कारण कम सेवा प्रवाह हुने गरेको भएपनि प्रभावकारी र सहज रुपमा सेवा प्रदान गर्दै आएको छ ।
हुलाक सेवा स्थापना भएको दशकौं वर्ष भएपनि यसले दुर्गमका रहेका अझै प्रविधीको पहुँचमा नभएका नागरिकहरुलाई सेवा दिदै आएको निमित्त कार्यालय प्रमुख बमले बताएका छन् ।
खुला भलिवल प्रतियोगितामा १० टिम सहभागी भएका छन् । बुधबार अर्थात आएको खेलमा पाँच टिमले खेल खेलेका छन् । भने पाँच टिमले भोलि खेल खेल्ने निमित्त प्रमुख बमको भनाई रहेको छ ।
नटआटका आधारमा खेल खेलाइएको छ । खेलमा विजेता टिम खेल्न पाउने र पराजित टिम सोझै बाहिरिने गरी खेल खेलाइएको जिल्ला हुलाक कार्यालय बाजुराले जनाएको छ ।
भलिवल प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, द्धितियलाई ८ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने निमित्त प्रमुख बमले बताए ।
भोलि सेमी फाइनलका खेल खेलाइने र असोज २३ गते फाइनल खेल खेलाएर दिवसको दिन पुरस्कार वितरण कार्यक्रम रहेको निमित्त हुलाक प्रमुख बम बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button